°
, May 29, 2023 in
0

आविश्वन र अक्षर चम्किँदा भारत बलियो, दबाबमा इंग्ल्यान्ड

SHARE:

भारतविरुद्धको दोस्रो टेस्टमा ४८२ रनको विशाल लक्ष्य पछ्याएको भ्रमणकारी टिम इंग्ल्यान्ड दबाबमा आएको छ । तेस्रो दिन ४८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५८ रन बनाउँदा ३ विकेट गुमाएपछि उ दबाबमा आएको हो।

उसका रोए ब्रुन्स २५, डम सिब्ले ३ र ज्याक लिच शुन्य रनमा पभेलिय फर्किए । तेस्रो दिनको खेल सकिँदा डान लउरेन्स १९ र कप्तान जो रुट २ रन बनाएर खेलिरहेका छन् । भारतका अक्षर पटेलले २ तथा रविचन्द्रन आविश्वनले १ विकेट लिए।

तेस्रो दिन रविचन्द्रन आविश्वनले शतकीय योगदान दिएपछि भारतले इंग्ल्यान्डलाई जितका लागि ४८२ रनको विशाल लक्ष्य दिएको हो। आविश्वनको १०६ रन बनाएपछि भारत दोस्रो इनिङमा २८६ रनमा अलआउट भएको थियो । आश्विनका अलावा कप्तान विराट कोहलीले ६२ रनको योगदान दिए। इंग्ल्यान्डका मोइन अली र ज्याक लिचले समान ४ विकेट लिए ।

यसअघि ओपनर रोहित शर्माले शानदार शतक प्रहार गरेपछि पहिलो इनिङमा भारतले ३२९ रन बनाएको थियो। ज्याक लिचको बलमा मोइन अलीद्वारा क्याच आउट हुनुअघि रोहितले दुई सय ३१ बल खेल्दै एक सय ६१ रन बनाए। उनले १८ चौका र दुई छक्का प्रहार गरे। यस्तै अजिक्का रहानेले ६७ रन बनाउँदा ऋषव पन्तले ५८ रन बनाए। इंग्ल्यान्डका मोइन अली चार र ओली स्टोनले ३ विकेट लिए ।

चेन्नईस्थित चिन्नस्वामी स्टेडियममा पहिलो इनिङमा इंग्ल्यान्ड १३४ रनमै आउलआउट भएको थियो। खराब ब्याटिङ गरेको इंग्ल्यान्डका लागि बेन फोकसले सर्वाधिक ४२ रन बनाए भने ओली पोपले २२, बेन स्टोक्सले १८ र डम सिब्लेले १६ रनको योगदान दिए । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा रविचन्द्रन आश्विनले २३.५ओभरमा ४३ रन खर्चेर ५ विकेट लिए । यतै, इशान्त शर्मा, अक्षर पटेलले समान २ विकेट लिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *