दुई एसियन परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान दुई वर्षपछि आपसमा भिड्दैछन्। युएई र आमान जारी टि–२० विश्वपक अन्तर्गत सुपर १२ को समूह २को पहिलो खेलमा भारत र पाकिस्तान भिड्न लागेका हुन्।
भारत र पाकिस्तान सन् २०१९मा इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकप पछि पहिलो पटक आपसमा भिड्ने लागेका हुन्। भारत र पाकिस्तानबीचको आन्तरिक द्वन्द्वका कारण यी दुई विश्व िक्रकेटका महाशक्ति राष्ट्र आईसिसीका प्रतियोगितामा मात्र भिड्दै आएका छन्।
भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे दुबईमा हुनेछ। यो खेललाई दुवै टिमले प्रतिष्ठाको लडाइँका रुपमा हेर्ने हुनाले खेल निकै रोमाञ्चक हुनेछ।
दुबै टिमबीच आईसीसी र एसीसीका प्रतियोगिता बाहेक लामो समयदेखि कुनै सिरिज हुन सकेको छैन। सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।
भारत र पाकिस्तानबीच टि–२० विश्वकपमा पाँच वर्षपछि र समग्र खेलमा दुई वर्षपछि भिडन्त हुँदैछ। आज राति हुने भिडन्तमा पाकिस्तान हारको ऋखंला तोड्न चाहान्छ भने भारत जितलाई निरान्तरता दिने लक्ष्यमा छ।