सूर्यकुमार यादवको विस्फोटक ब्याटिङमा भारतले जित्यो टि–२० सिरिज

Read Time:2 Minute

तीन खेलको टि–२० सिरिजको निर्णायक खेलमा सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपछि श्रीलंकाविरूद्धको सिरिज भारत जितेको छ। शनिबार राति नभएको खेलमा यादवले विस्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि निर्णायक खेलमा भारतले श्रीलंकामाथि ९१ रनको फराकिलो जित निकाल्यो।

यो जितसँगै भारतले टि–२० सिरिज २–१ले जित्यो । सिरिजको पहिलो खेल भारतले २ रनले जितेको थियो भने दोस्रो खेलमा श्रीलंका १६ रनले विजयी भएको थियो।

पहिला ब्याटिङ गर्दै भारतले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा १३७ रनमा अलआउट भयो। उसका लागि कुशल मेन्डिस र कप्तान दासुन शानकाले समान २३ रन बनाउँदा धनन्जय डि सिल्भाले २२ र चरिथ असलंका १९ रन बनाए।

बलिङमा भारतका अर्शदीप सिंहले ३ विकेट लिए भने हार्दिक पान्ड्या, उमरान मलिक र युजवेन्द्र चाहलले समान २ विकेट लिए।

यसअघि राजकोटमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै २२८ रनको बनायो । भारतका लागि सूर्यकुमार यादवले सतकीय इनिङ्स खेले। उनले ५१ बलमा ९ छक्का र ७ चौकासहित ११२ रन बनाए । टि–२० अन्तर्राष्ट्रियमा तेस्रो शतक उनले ४५ बलमै बनाए।

यस्तै शुभमन गिलले ४६ रन बनाउँदा राहुल त्रिपाठी ३५ रनको योगदान दिए। तेस्रो विकेटका लागि गिल र यादवले १११ रनको साझेदारी गरेका थिए। श्रीलंकाका दिल्सान मदुसनाकाले दुई विकेट लिए।

अब भारत र श्रीलंकाबीच बिहीबारदेखि तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज सुरू हुनेछ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post को पुग्ला फाइनल लुम्बिनी की जनकपुर ?
Next post हाजार्ड र रिउसमाथि अल नासरको नजर
Close