°
, June 1, 2023 in

भारतले जित्यो बंगादेशविरुद्धको टेस्ट सिरिज

SHARE:

बंगालदेशविरुद्धको २ खेलको टेस्ट सिरिज भारतले २–०ले जितेको छ। मिरपुरमा आइतबार सकिएको दोस्रो टेस्टमा ३ विकेटको जित निकाल्दै भारतले सिरिज जितेको हो।

यसअघि चट्गाउँमा भएको पहिलो टेस्ट भारतले १०८ रनले जितेको थियो।

जितका लागि १४४ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि रविचन्द्रन आश्विनले सर्वाधिक ४२ रन बनाउँदा अक्षर पटेलेल ३४ र श्रेयस ऐयरले २९ रनको योगदान दिए।

सामन्य लक्ष्यमा पनि भारतलाई दबाब दिने क्रममा महेदी हसन मिराजले ५ विकेट लिए भने सकिब अल हसनले २ विकेट लिए।

त्यसअघि बंगलादेशले पहिलो इनिङमा २२७ रन मात्र बनाउन सकेको थियो । उसका लािग मोमिन उलहकले सर्वाधिक ८४ रन बनाउँदा अन्यले गतिलो योगदान दिन सकेनन्। भारतका उमेश यादव र रविचन्द्रन आश्विनले समान ४ विकेट लिएका थिए।

यस्तै, भारतले ३१४ रन बनाएको थियो। उसका लागि ऋषव पन्तले ९३ र ऐयरले ८७ रनको योगदान दिएका थिए। बंगलादेशका सकिब अल हसन र तइजुल इस्लामले समान ४ विकेट लिएका थिए।

दोस्रो इनिङमा बंगलादेश २३१ रनमै अलआउट भयो । लागि लिटोन दासले सर्वाधिक ७३ रन बनाउँदा जाकिर हसनले ५१ रनको इनिङ खेले। बलिङमा भारतका अक्षर पटेलले ३ तथा मोहम्मद सिराज र आश्विनले २ विकेट लिए।

बल र ब्याट दुवैमा छाएका आश्विन प्लेयर अफ दी म्याच भए भने चेतेश्वर पुजारा प्लेयर अफ दी सिरिज बने।

SHARE: