भारत एक हजार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो टिम बनेको छ। अहमदावादमा जारी वेस्टइन्डिजविरुद्धको खेलसँगै भारतले एक हजार एकदिवसीय खेल खेल्ने कीर्तिमान बनाएको हो ।
सन् १९७४ मा इङ्ल्यान्डविरुद्ध खेल्दै भारतले एकदिवसीय क्रिकेटमा डेब्यू गरेको थियो । भारतपछि सर्वाधिक एकदिवसीय खेल खेल्नेमा अस्ट्रेलिया र पाकिस्तान छन् । अस्ट्रेलियाले ९५८ र पाकिस्तानले ९३६ खेल खलेको छन्।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा पहिला ब्याटिङ गरेको वेस्टइन्डिज १७६ रनमा अलआउट भएको छ ।
यही खेलमार्फत अलराउन्ड दीपक हुडाले भारतीय टिममा डेब्यू गर्दा स्पिनर युजभेन्द्र चाहलले पनि एकदिवसीयमा १ सय विकेट पुरा गरेका छन् ।
यस्तै, निवर्तमान भारतीय कप्तान विरोट कोहली घरेलु भूमिमा एकदिवसीयमा ५ हजार रन पुरा गर्ने दोस्रो भारतीय खेलाडीको बन्न सक्नेछन् । जारी खेलमा ६ रन मात्र बनाउन सके उनी सचिन तेन्दुलकरसँगै भारतका लागि घरेलु भूमिमा ५ हजार रन बनाउने दोस्रो क्रिकेटर बन्ने छन्।
सचिनले घरेलु भूमिमा एकदिवसीय क्रिकेटमा ६ हजार ९ सय ७६ रन बनाएका छन्।
अहिले भारत र वेष्ट इन्डिजबीचको खेल जारी छ । घरेलु मैदानमा भारतले टस जितेर फिल्डिङ रोज्दै पाहुना टोलीलाई ब्याटिङको निम्तो दिएको छ ।
भारतपछि अष्ट्रेलियाले ९५८ खेल खेलेको छ भने पाकिस्तानले ९३६ खेल खेलेको छ ।