जापानको टोक्योमा जारी ओलम्पिकमा भारतले पहिलो स्वर्ण जितेको छ। भारतलाई ज्याभलिन थ्रोमा निरज चोपडाले स्वर्ण पदक दिलाएका हुन्।
पहिलो पटक ओलम्पिक खेलिरहेका निरजले पुरुषतर्फको ज्याभलिन थ्रोमा निरजले स्वर्ण जितेका हुन्। उनले ८७.५८ मिटर थ्रो फ्याँक्दै स्वर्ण जिते।
सो स्पर्धामा चेक रिपब्लिकका दुई खेलाडी याकुब भाद्लेचले ८६.६७ मिटरसहित रजत र भितेस्ज्लाभ भेसेलीले ८५.४४ मिटरसहित कास्य जिते।
निरजले स्वर्ण जितेसँगै भारतले टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ। भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ।
भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको खाता खोलेकी थिइन्। कुस्तीमा रवी दहियाले रजत जिते। कुस्तीका बजरङ पुनिया, ब्याडमिन्टनकी पीभी सिन्धु, बक्सिङकी लाभ्लिना बोर्गोहाई तथा पुरुष हकी टोलीले पनि कास्य पदक जितेका थिए।