इन्डोर क्रिकेट लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ । ललितपुरको हात्तिबनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने लिग चार दिनसम्म चल्ने छ।
लिगमा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले ग्रेट हिमालयन क्रिकेट एकेडेमीको सहकार्यमा गर्न लागेको हो ।
लिगमा १६ कर्पोरेट टिमको सहभागीता रहेन हिमालयन स्पोर्टस् म्यानेजमेन्टले जानकारी दियो। आयोजकका अनुसार प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । हरेक खेल १० ओभरको हुनेछ ।
सहभागी टिमलाई चार समूहमा विभाजन गरेर हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ । प्रतियोगितामा कुल २७ खेल हुनेछ ।