इटालियन सिरि ए अन्तर्गत शनिबार राति भएका खेलमा इन्टर मिलान र युभेन्टस विजयी भएका छन्। शनिबार राति भएको खेल इन्टरले भेरोनालाई २–०ले हराउँदा युभेन्टसले काग्लियारीलाई २–१ले हरायो ।
इन्टरलाई जित दिलाउन निकोलो बरेला र इडेन जेकोले गोल गरेका थिए । २२औं मिनेटमा बरेलाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि ३०औं मिनेटमा जेकोले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।
काग्लियारीविरुद्ध युभेन्टसले १ गोलले पछि परेको अवस्था उल्टाउँदै जित निकालेको हो। १०औं मिनेटमा जोआ पेड्रोले गोल गर्दै काग्लियारीलाई अग्रता दिलाएका थिए ।
तर, ४५ औं मिनेटमा माथिस डी लिटले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए। ७५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–१ को पुनरागमन जित दिलाए ।
इन्टरले ३१ खेलमा ६६ अंक जोड्दै दोस्रो स्थानमा छ । युभेन्टस ६२ अंकका साथ चौथो स्थानमा छ। काग्लियारी २५ अंक जोडेर १७औं स्थानमा रहँदा भेरोना ४५ अंक जोडेरका साथ नवौं स्थानमा छ ।