°
, June 7, 2023 in

बराबरीमा रोकिए पनि इन्टर सेमिफाइनलमा, सेमिफाइनल मिलान डर्बी हुने

SHARE:

क्वार्टरफाइनलको दोस्रो खेलमा बरारीमा रोकिएपछि इटालिनय क्लब इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा इन्टर पोर्चुगिज क्लब बेन्फिाकासँग ३–३को बराबरीमा रोकिएको थियो, तर समग्रहमा उसले बेन्फिकामाथि ५–३को जित निकाल्यो।

योसँगै सेमिफाइनलमा मिलान डर्बी हुनेछ। मिलानको अर्को टिम एसी मिलान नापोलीलाई हराउँदै यसअिघ नै सेमिफाइनल पुगिसेको थियो। अब सेमिफाइलनको दुवै लेग सानसियारोमा हुनेछ।

सेमिफाइनलको पहिलो लेग मे ९र १० मा हुनेछन् भने दोस्रो लेग मे १६ र मे १७ मा हुनेछन्।

रोमाञ्चक खेलमा इन्टरले दुई पटक अग्रता लिएको थियो तर वेनफिकाले खेल बराबरी ग¥यो । निकोलो बरेलाले १४औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर फ्रेड्रेरिक असनसनेले ३८औं मिनेटमा वेनफिकाका लागि बराबरी गोल गरे ।

त्यसपछि लाउटारो मार्टिनजले ६५औं र जाओक्विन कोरेअले ७८औं मिनेटमा गोल गर्दा इन्टरले ३–१ को अग्रता बनायो । तर एन्टोनिओ शिल्भाले ८६औं र पिटर मुसाले इन्जुरी टाइममा गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो।

SHARE: