घरमै हार्‍यो युभेन्टस, इन्टर विजयी

इटालियन सिरि ए युभेन्टस घरेलु मैदानमै पराजित भएको छ। बुधबार राति भएको खेलमा युभेन्टस ससुओलोसँग घरेलु मैदानमा २–१ले पराजित भएको हो।

४४ औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै ससुओलोलाइ सुरुआती अग्रता दिलाए । ७६औं मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १–१ को स्थितिमा ल्याए। तर, खेलको इन्जुरी समयमो म्याक्सिम लोपेजले गोल गर्दै युभेन्टस ससुओलोसँग २–१ले पराजित भयो।

यसैगरी बुधबार राति नै भएको अर्को खेलमा इन्टर मिलान विजयी भएको छ। डानिलो डिएम्ब्रेसियो र फेडेरिको डिमार्कोको गोलमा इन्टरल ेएम्पोलीलाई २–०ले हरायो।

३४ औं मिनेटमा डिएम्ब्रेसियोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए । ५२ औं मिनेटमा सामुएलले रातो कार्ड पाएपछि एम्पोली १० खेलाडीमा समेटियो । ६६ औं मिनेटमा डिमार्कोले गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

जितसँगै इन्टरले १० खेलमा २१ अंक जोड्दै स्थानमा रहँदा युभेन्टस १५ अंकसहित युभेन्ट्स सातौं स्थानमा छ । यस्तै, एम्पोली १२ अंक जोडेर १२ औं स्थानमा रहेको छ भने सासोउलोले १० खेलमा १४ अंक जोडेको छ ।