५३ दिनपछि मैदान फर्किए एरिक्सन

युरोकप फुटबलका क्रममा हृदउघातका कारण मैदानमा ढलेकार डेसिन स्टार क्रिस्टियन एरिक्सन ५३ दिनपछि मैदानमा देखिएका छन्। एरिक्सन ५३ दिनपछि बुधबार इटालियन क्लब इन्टर मिलनको ट्रेनिङ ग्राउन्डमा देखिएका थिए।

हृदयघातपछि आराम गरिरहेका एरिक्सन खेल्नका लागि नभई स्वास्थ्य परीक्षणका लागि इन्टरको ट्रेनिङ ग्राउन्ड उपस्थत भएका थिए । उनले साथीहरुसँग केही कुराकानी गरेका थिए। उनी खेल्न सक्छन् सक्दैन् भन्ने अझै एकिन भएको छैन।

इन्टरमा एरिक्सनले ४८ घण्टा लामो स्वास्थ्य परीक्षण गरिने बताइएको छ। सोही परीक्षण पछि एरिक्सनको फुबटल करिअरको टुंगो लाग्ने बताइएको छ। हृदयघात पछि एरिक्सन डेनमार्कमै आराम गरिरहेका थिए।

एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ।

युरोकपको समूह चरणको पहिले खेलमा फिनल्यान्डविरुद्धको खेलक्रममा हृदयघातका कारण मैदानमै ढलेका डेनिस मिडफिल्डर एरिक्सनलाई मैदानमै उपचार गरिएको थियो। खेल पनि तत्काल स्थागित गरिएको थियो। अस्पतालमा एरिक्सनको स्वास्थ्यमा सुधार भएपछि पुनः खेल खेलिएको थियो।