°
, June 4, 2023 in

इन्टर बोलाग्नासँग पारजित, एसी मिलानलाई फाइदा

SHARE:

इटालियन सिरि एमा उपाधि होडमा रहेको इन्टर मिलान पराजित भएको छ। बुधाबरा राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा इन्टर बोलोग्नासँग २–१ले पारजित भयो ।

यो हारसँगै इन्टरले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । यो नतिजाले एसी मिलानलाई भने फाइदा पुगेको छ । लिगमा अब चार खेल बाँकी रहँदा एसी मिलानले इन्टरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ। एसी मिलानको ७४ र इन्टरको ७२ अंक छ।

बोलोग्नाको मैदानमा भएको खेलको तेस्रो मिनेटमै इभान पेरिसिचले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर त्यसलाई इन्टरले कायम राख्न सकेन भने बोलोग्नाले पुनरागमन गर्‍यो । मार्को अर्नाउटोभिचले २८औं मिनेटमा बोलोग्नाका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा इन्टरका गोलकिपर समिर हान्डानोभिचको गल्तीमा निकोला सानसोनले गोल गर्दै बोलोग्नालाई २–१ को जित दिलाए ।

बुधबार राति नै भएको अर्को खेलमा उडिनेसले फियोरेन्टिनालाई ४–०ले हराउँदा एट्लान्टा र टोरिनोले ४–४ को बराबरी खेल्दै अंक बाँडे।

SHARE: