मिलान डर्बीमा जित निकाल्दै इन्टरले जित्यो इटालियन सुपरकप

Read Time:1 Minute

भेट्रान फरवार्ड एडिन जेकोको उत्कृष्ट खेलबाट प्रेरित इन्टर मिलानले छिमेकी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले पराजित गर्दै बुधबार इटालियन सुपरकप जितेको छ ।

इन्टरले यो उपाधि जितेको यो लगातार दोस्रो वर्ष हो । यससँगै इन्टरले सिजनको पहिलो उपाधि पनि हात पारेको छ ।

साउदीको किंग फयाद स्टेडियममा इन्टरलाई जित दिलाउन फेडेरिको डिमार्को, इडेन जेको र लाउटरो मार्टिनेजले गोल गरे ।

खेलको १०औं मिनेटमा फेडेरिकोले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए । २१औं मिनेटमा जेकोले गोल गर्दा इन्टरको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ७७ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको जित पक्का गरे ।

यो उपाधिपछि अब दुवैको ध्यान इटालीको सिरी ‘ए’मा केन्द्रित हुनेछ र फेब्रुअरी ५ मा उनीहरू मिलान डर्बीमा भिड्दै छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post घाइते हुँदै अस्ट्रेलियन ओपनबाट बाहिरिए नाडाल
Next post सन्दीपले स्कटल्यान्ड र नामिबियाविरूद्धकाे सिरिज खेल्ने !
Close