महोत्तरीको जलेश्वरमा इन्टर स्कुल स्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजना गर्न लागेको छ ।
प्रतियोगिता माघ २३ गतेबाट जलेश्वर रंगशालमा सुरु हुने छ । प्रतियोगिताको संयोजन नरेश सिंह क्रिकेट एकेडेमीले गर्ने छ । प्रतियोगिता ७ वर्षदेखि लगतार सञ्चालन भइरहेको छ ।
यो वर्ष प्रतियोगितामा १६ टिम सहभागी हुने जिल्ला क्रिकेट संघ महोत्तरीले जनाएको छ । संघले प्रतियोगिता आयोजनामा करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

नेपाली क्रिकेटमा नयाँ खेलाडीको उत्पादन गर्न र खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ नागरिक तयार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक महोत्तरी जिल्ला क्रिकेट संघले जनाएको छ।