क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता इंन्डियन प्रियिमर लिग आईपिएलको रौनक आजबाट सुरु हुँदै छ । कोरोना महामारीका कारण करिब ५ महिना ढिलो गरी सुरु हुन लागेको हो । कोरोनाकै कारण १३औं संस्करणको आईपिएल युएईमा आयोजना हुँदै छ ।
मैदानमा फेरि एकपटक दिग्गज महेन्द्रसिंह धोनीको शान्त स्वभाव, विरोट कोहलीको आक्रामकता र रोहित शर्माको कप्तानीमा सबैको नजर हुने छ । शनिबार राति ७ः४५ बजे अबुधावीमा गत सिजनको फाइनलिस्टद्वय मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको खेलसँगै आईपिएलको रौनक क्रिकेटप्रेमीमा छाउने छ । तर, मैदानमै गएर दर्शकले प्रत्यक्ष आईपिएलको मजा भने लिन पाउने छैनन् ।
कोरोना महमारीका कारण आईपिएल दर्शनविनै हुने भएपनि दर्शकले टिभीमै त्यसको मजा लिने छन् । यो आईपिएल दर्शक र खेलाडी दुवैका लागि सम्झन लायक रहेन छन् । आगमी ५३ दिन धोनीको चेन्नाई सुपर किंग्स, कोहलीको रोयल च्यालेन्र्जस बैंग्लोर, रोहितको मुम्बई इन्डियन्स, केएल राहुलको किंग्स इलाभेन पञ्जाव, श्रेयस ऐयरको दिल्ली क्यापिटल्स, डेभिड वार्नरको सनराइजर्स हैदरावाद र स्टिभ स्मिथको राजस्थान रोयल्स । यिनै ८ टिम उपाधिका मैदानमा उत्रने छन् ।
आईपिएल यसअघि पनि विदेशमा भएको थियो, तर करोडौं डलर खर्च हुने यो ‘क्रिकेटको तमासा’ पहिलो पटक जैविसक सुरक्षासहित हुने छ । यसपटक क्रिस गेल तथा आन्द्रे रसेलको गगनचुम्मी छक्कामा ताली पिट्ने न कोही हुने छ, नत सुपर ओभरमा कही चिच्याएको आवाज सुनिने छ । ६ महिनापछि सिर्फ खेलको मजा घरमै बसेर लिन सकिने छ ।
सरसर्ती हेर्दा डिफेन्डिङ च्याम्पियन मुम्बई नै यो पटक पनि बलियो देखिएको छ । उसलाई रोहित शर्मा, हार्दिक, कुर्णाल पाण्ड्या, डेथओभरबा बादशाह जसप्रित बुमराह तथा केइरन पोलार्डको साथ रहेन छ । उसलाई अनुभवि लासिथ मालिंगाको योकरको अभाव भने हुने छ।

चेन्नईलाई अनुभवी क्रिकेटरको साथ
महेन्द्रसिंह धोनीको टिम चेन्नईलाई भलै ‘बुढाहरुको फौज’ भनिन्छ, तर यो टिमले सावित गरेको छ कि सफलता र प्रतिभामा उमेरको हिसाबकिताब हुँदैन । दिग्गज शेन वाट्सन, ड्वायन ब्राभो, फाफ डु प्लेसिस तथा अलराउन्डर रविन्द्र जडेजाले चेन्नईका लागि आफ्नो शतप्रतिशत दिएका छन्, यो पटक पनि दिने छन् । यस्तो अवस्थामा चेन्नई अनुभवी खेलाडीको साथले निकै बलियो हुने छ।
पहिलो खेलमा मुम्बई बलियो
१३औं संस्करणको उद्घाटन खेलमा मुम्बईको केही बलियो देखिएको छ । रोहित, क्वेन्टन डि कक, सूर्यकुमार यादव, इशान किशन, पाण्ड्या दाजुभाइ, पोलार्ड रहेकाले मुम्बईका ब्याडिङ निकै बलियो देखिएको छ । साथै, ट्रेन्ट बोल्ट र नाथन कुल्टर नाइल पनि टिममा छन् ।
चेन्नईको टिममा भने पुरानै अनुहार छन् । धोनीका विश्वास पात्र सुरेश रैना यसपटक टिममा हुने छैनन् भने अनुभवि स्पिनर हरभजनसिंहको साथ पनि चेन्नईलाई हुने छैन । रैनाकै स्थानमा ल्याइएका ऋतुराज गायकवान्डा पनि उपलब्ध हुने छैनन् । पाँच पटकको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनले आईपिएल गुमाउने भएका हुन् । चेन्नईले वाट्सन, अम्बाति रायाडु, केदार जाधव, जडेजा, ब्राभोजस्ता म्याच विनरको साथ भने पाउने छ । चेन्नईको टिममा मेचल सान्टनर र लुंगी गिडीको साथ रहने छ ।
यस्तो छ चेन्नईको रेकर्ड
चेन्नई आईपिएलको सबैभन्दा अनुभवि टिम मध्ये एक हो । चेन्नईका खेलाडीले कुल ३८४० टि–२० म्याच खेलेका छन्, यो अनुभवले चेन्नईलाई धेरै फाइदा हुने छ । चेन्नईका केही खेलाडीले लामोसमयदेखि प्रतिस्पर्धी क्रिकेट खेलेका छैनन् । सात जना खेलाडीले सन् २०२०मा कुनै खेल नै खेलेका छैनन् । सन् २०१४मा जब पहिलो पटक आईपिएल युएईमा भएको थियो, त्यहाँ उसले ५ मध्ये ४ खेले जितेको थियो ।

युएईमा कमाल गर्न चाहन्छ मुम्बई
मुम्बई इन्डियन्स आईपिएलको सबैभन्दा सफल टिम हो । तर, आईपिएलमा उसको प्रदर्शन भने खराब रहेको छ । सन् २०१४मा युएईमा लगातार ५ खेल हारेको थियो । मुम्बई प्रतियोगितामा सुस्त सुरुवात गर्ने टिमका रुपमा चिनिन्छ । मुम्बईको सबैभन्दा बलियो पक्ष उसको मिडलअर्डर हो । उसको मध्यक्रममा सूर्यकुमार यादव, पोलार्ड, हार्दिक, कुर्णालजस्ता ब्याट्सम्यान छन् ।
मुम्बईसँग युएईको पिच सुहाउँदा कुर्णाल, राहुल चहर र जयन्त यादवजस्ता स्पिनर पनि छ, जसले विपक्षी टिमलाई ठुलो स्कार बनाउनबाट रोक्छन् । अघिल्लो आईपिएलमा पनि मुम्बईको मिडलअर्डर बलिङ उत्कृष्ट थियो । युएईको पिच स्पिनरहरुलाई मद्दत गर्ने खालको छ । दुबई र अबुधावीमा स्पिनर्सको इकोनोमी रेट ६.९८ र ६.६६ रहेको छ भने शारजाहमा ७.२२ रहेको छ ।
मिडियालाई नो इन्ट्री, सीमित तस्बिर
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले शुक्रबार कोरोना भाइरसलाई मध्यजनर गर्दै कडा स्वास्थ्य सुरक्षा प्रोटोकलका कारण आईपिएलको १४औं संस्करणमा सञ्चारकर्मीहरुलाई स्टेडियमा जान निषेध गरिएको छ । यो पटक खेलको अगाडि प्रेस कन्फ्रेन्स पनि हुने छैन । खेलपछि भने भर्चुअल प्रेस कन्फ्रेन्स हुने छ ।

‘सुरक्षा प्रोटोकलका कारण सञ्चारकर्मीलाई खेल तथा अभ्यासको समाचार संकलनका लागि मैदानभित्र प्रवेश गर्न अनुमति छैन,’ बिसिसीआईले भनेको छ, ‘मैदानमा प्रवेश गर्न युएईका मिडियालाई मात्र अनुमति दिइएको छ ।’
१० नोभेम्बरसम्म चेल्ने प्रतियोगिताको लिग चरणमा १० दिन दुई खेल हुनेछ । एक खेल भएकोवेला राति पौने ८ बजे र दुई खेल भएको दिन पहिलो खेल दिउँसो पौने ४ बजे सुरु हुने छ । प्रतियोगिता युएईका तीन सहरमा बन्द रंगशालामा हुने छ । जसअनुसार दुबईमा २४, अबुधावीमा २० र सारजाहमा १२ खेल हुने छ ।
५३ दिनसम्म चल्ने प्रतियोगितामा ८ टिमबीच ६० खेल हुने छ । जसमा ५६ खेल समूहचरणमा र ३ प्लेअफ र १ फाइलन हुने छ। आईपिएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स हो । उसले ४ पटक उपाधि जितेको छ भने चेन्नई सुपर किंग्सले ३ उपाधि जितेको छ ।