१४औं संस्करणको आईपिएलको अक्सन बिहीबार चेन्नईमा सम्पन्न भएको छ । अक्सनमा रहेका २९७ खेलाडीबाट ८ टिमले ५७ खेलाडी अनुबन्धन गरेका छन् । अक्सनमा रहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने बिक्न सकेनन् । उनको बेस प्राइस ४ लाख रुपैयाँ थियो।
दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस आइपिएल इतिहासकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । १४औं संस्कणको आइपिएलका लािग मोसिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख रुपैयाँमा किनेको छ। चेन्नईमा जारी अक्सनमा मोसिसलाई भित्र्याउन राजस्थानले पञ्जाब किंग्स र मुम्बर्य इन्डियन्सलाई पछि पारेको थियो ।
सर्वाधक महँगा खेलाडीको सूचमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल छन् । उनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले १४ करोड २ लाख रुपैयाँमा किनेको छ। बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि चर्चामा आएका जेइ रिचर्डनलाई पञ्जाबले १४ करोड रुपैयाँमा किनेको छ।
यसैगरी चेन्नईमा भएको अक्सनमा इंग्ल्यान्डका अलराउन्डर मोइन अलीलाई चेन्नई सुपर किंग्सले ७ करोडमा किनेको छ भने इन्डियन अलराउन्डर शिवम दुवेलाई राजस्थानले ४ करोड ४० लाख रुपैयाँमा अनुबन्धन गरेको छ। यस्तै, बंगलादेशका अलराउन्ड सकिब अल असन पुनः कोलकाता नाइट राइडर्समा फर्किएका छन् । अघिल्लो सिजन नबिकेका सकिबलाई कोलकाताले ३ करोड २० लाखमा किनेको हो ।

मिनी अक्सनबाट यस्तै, स्टेभन स्मिथ २ करोड २० लाख रुपैयाँमा दिल्ली क्यापिटल्समा र डेविड मलान १ करोड ५० लाखमा पञ्जाबमा आबद्ध भएका छन् । यस्तै, एलेक्स हल्स, जासन रोए, इभान लेविस, आरोन फिन्च, हनुमान बिहारीलगायत खेलाडीलाई भने अक्नसमा कसैले बोली लगाएनन् ।
अक्सनबाट राजस्थान रोएल्स र बैंगलोरबाहेक अन्य ६ टिमले अधिकतम २५ खेलाडी पुर्याएका छन् । राजस्थानको टिममा २४ र बैंगलोरमा २२ खेलाडी मात्र रहेको छ । अक्सनबाट पञ्जाबले सर्वाधिक ९ खेलाडी अनुबन्ध गर्दा सनराइजर्स हैदरावादले ३ खेलाडी अनुबन्ध गर्यो ।
यस्तै राजस्थान, बैंगलोर, दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सले ८(८ खेलाडी अनुबन्ध गर्दा मुम्बईले ७ खेलाडी अनुबन्ध गर्यो । चेन्नाईले ६ खेलाडी अनुबन्ध गर्यो ।
कुन टिमले कुन खेलाडी ?
चेन्नाई : कृष्नप्पा गोतम, मोइन अली, चेतेश्वर पुजारा, के भगथ, वर्मा सी, हरि निशान्थ, एम हरिशंकर रेड्डी
दिल्ली : टम करन, स्टिभेन स्मिथ, साम बिलिङ्स, उमेश यादव, रिपाल पटेल, विष्णु विनोद लुकमन, मेरिवाला एम सिद्धार्थ
कोलकता : शकिब अल हशन, हरभजन सिंह, बेन कटिङ, करुण नायर, पवन नेगी, वेनकाटेस अयेर, शेल्डन ज्याक्सन, भइभव आरोरा
मुम्बई : नाथन कुल्टर, नाइल एडम मिल्ने, पियुष चावला, जेम्स निसाम, युदभिर चारक, मार्को जानसेन, अर्जुन तेन्दुलकर
पञ्जाव : झेइ रिचर्डसन, रिले मेरेडिथ, शाहरुख खान, मोइसिस हेनरिकेज, डेविड मालान, फाबियन एलेन, जलज सक्सेना, सौरभ कुमार, उत्कर्ष सिंह
राजस्थान : क्रिस मोरिस, शिभम दुवे, चेतन साकारिया, मुस्ताफिजुर रहमान, लिएम लिभिङ्गस्टोन, केसी करिएप्पा, आकाश सिंह, कुलदीप यादव
बैंगलोर : काएल जेमिसन, ग्लेन म्याक्सेवल, डान क्रिस्टियन, सचिन बेबी, रजत पतिदार, मोहम्मद अजरुद्धिन, सुयस प्रभुदेशी, कोना स्रिकार भारत
हैदरावाद : केदार जादव, मुजिव उर रहेमान, जे सुचित