कोरोना महामारीका कारण बीचमै रोकिएको १४औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपिएल)को बाँकी खेलका लागि राजस्थान रोयल्यसले टि–२० क्रिकेटका नम्बर एक बलर अनुबन्धन गरेको छ।
आईपिएलका बाँकी खेलका लागि राजस्थानले दक्षिण अफ्रिकी स्पिरन ताब्रिज साम्सीलाई अनुबन्धन गरेको हो। लामो समयदेखि टि–२० क्रिकेटको नम्बर एक बलरका रुपमा रहेका साम्सी पहिलो पटक आईपिएलमा अनुबन्धित भएका हुन्।
साम्सीले दक्षिण अफ्रिकाका लागि २ टेस्ट, २७ ओडिआई र ३९ टि–२० म्याच खलेको छन् । त्यसमा उनले टेस्टामा ६, ओडिआईमा ३२ र टि–२०मा ४५ विकेट लिएका छन्। टि–२० अन्तर्राष्ट्रियमा उनको इकोनोमी ६.०८ छ।
राजस्थानले यसअघि न्युजिल्यान्डका ब्याट्सम्यान ग्लेन फिलिसम्सलाई अनुबन्धन गरेको थियो । कोरोनाका कारण टिममा रहेका खेलाडी उपलब्ध हुन नसक्ने भएपछि राजस्थानले साम्सीलाई अनुबन्धन गरेको हो। राजस्थानका जोफ्रा आर्चर, बेन स्टोक्स, जोश बट्लर, एन्ड्रयू टाइले युएईमा हुने आईपिएलका बाँकी खेल खेल्ने छैनन्।
यसैगरी रोयल च्यालेन्जर्स बैंग्लोरले इंग्लिस बलर जर्ज ग्रान्टोनलाई अनुबन्धन गरेको छ। बैंग्लोरले अस्ट्रेलियन बलर केन रिचर्टसनको स्थानमा ग्रान्टोनलाई अनुबन्धन गरेको हो।
अहिलेसम्म इंग्लिस टिममा डेब्यूको अवसर नपाएका ग्रान्टोनले २४ लिस्ट ए र ३८ टि–२० म्याच खेलेका छन्। जसमा उनले २९ र ४४ विकेट लिएका छन्।
यसअघि बैंग्लोरले बैंकग्लोरले श्रीलंकन बलरद्वय वानिन्डु हसरंगा र दुसमन्था चामिरा तथा सिंगापुरका टिम डेविडलाई अनुबन्धन गरेको थियो।
१९ सेप्टेम्बरबाट युएईमा सुरु हुने आईपिएलका बाँकी खेलका लागि फिन एलेन, स्कट कुगेलेइजिन, केन रिचार्डसन, ड्यानिअल साम्स र एडम जम्पा बैंग्लोरको टिममा उपलब्ध हुने छैनन्।
बैंग्लोरले २० सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। प्रतियोगितामा ७ खेलमा ५ जित निकालेको बैंगलोर १० अंकसहित शीर्ष स्थानमा छ।