इन्डियन प्रिमियर लिग (आईपिएल)को नयाँ संस्कण मार्च २६ बाट सुरु हुने भएको छ। आईपिएल गभर्निङ काउन्सिलका अनुसार लिगका चरणका सबैखेल महाराष्ट्रमा आयोजना हुने छ।
लिगका ७० मध्ये ५५ खेल मुम्बई र १५ खेल पुनेमा आयोजना हुने छ। मुम्बईमा वानखेडेसहित ३ रंगशालामा आईपिएलका हुनेछन्। जसमा वानखेडे र डा. डिवाई पाटिल रंगशालामा समान २० खेल हुने छ भने ब्रेबोर्न स्टेडियममा १५ खेल हुने छ। यस्तै, पुनेमा हुने खेल एमसीए इन्टरनेशनल स्टेडियममा हुने छ।
आईपिएलका अध्यक्ष ब्रजेश पटेलका अनुसार तालिका चाँडै नै सार्वजनिक हुनेछ। उनले खेल हेनका लागि २५ देखि ५० प्रतिशत दर्शकलाई अनुमति दिइने बताए । राज्य सरकारको नियमअनुसार दर्शकलाई रंगशाला उपस्थित हुनका लागि अनुमति दिइनेछ।
आईपिएलका यो पटकबाट १० टिम सहभागी हुनेछन्।