डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको जित निकाल्यो।
इडेन गार्डेन्समा कोलकाताले दिएको १८० रनको लक्ष्य गुजराजतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । उसका लागि विजय शंकरले विस्फोटक ब्याटिङ गरे। उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५१ रन बनाए।
यस्तै, सुबमन गिलले ४९, डेविड मिलरले ३२ र हार्दिक पाण्ड्याले २६ रनको योगदान दिए। कोलकाताका हर्तिस राना, आन्द्रे रसेल र सुनिल नारिनले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले रमनुल्लाह गुर्बाजको अर्धशतक मद्दतमा ७ विकेटको क्षतिमा १७९ रन बनायो। गुर्बाजले ३९ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ८१ रन बनाए। यस्तै, रसेलले ३४ र रिंकु सिंह र नारायण जगदिशनले समान १९ रनको योगदान दिए। गुराजतका मोहम्मद सामीले ३ तथा जोश लिटल र नूर अहमदले समान २ विकेट लिए।
जितसँगै गुजरात ८ खेलमा १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। कोलकाता ६ अंकसहित सातौं स्थानमा छ।