°
, June 4, 2023 in
आइपिएलक्रिकेटसमाचार

अफगानी स्पिनर चम्किँदा राजस्थानमाथि गुजरातको सानदार जित

SHARE:

दुई अफगानी स्पिनर रसिद खान र नूर अहमदले उत्कृष्ट प्रदर्शन गरेपछि आईपिएलमा गुजरात टाइटन्स विजयी भएको छ। शुक्रबार राति भएको खेलमा रसिद र नुरले कुल ५ विकेट लिए पछि गुजरातले राजस्थान रोयल्समाथि ९ विकेटको सहज जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको ११९ रनको सामान्य लक्ष्य गुजरातले १ विकेटमात्र गुमाएर १३.५ आभेरमा भेट्टायो। उसका लागि ओपनर ऋद्धिमान शाह ३४ बलमा ५ चौकासहित ४१ रन बनाए।

यस्तै, कप्तान हार्दिक पान्ड्या १५ बलमा ३ चौका र ३ छक्कासहित ३९ रन बनाउँदा ओपनर शुभमन गिलले ३५ बलमा ६ चौकासहित ३६ रन बनाए। राजस्थानका युजभेन्द्र चहलले १ विकेट लिए ।

पहिला ब्याटिङ गरेको राजस्थान १७.५ ओभरमा ११८ रनमै अल आउट भयो। उसका लागि कप्तान सन्जु सामसनलले २० बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाए ।

यस्तै, ट्रेन्ट बोल्टले ११ बलमा १५ रन बनाउँदा ओपनर यशस्वी जैसवालले ११ बलमा १४ र देवदत्त पाडिक्कल १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा गुजराजनका रसिद खानले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए भने नुर अहमदले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामी, हार्दिक पान्ड्या र जोस लिटलले समान १ विकेट लिए।

गुजरात १० खेलमा ७ मा जितसहित १४ अंकका शीर्ष स्थानमा छ भने राजस्थान १० अंक जोड्दै चौथो स्थानमा छ।

SHARE: