°
, May 30, 2023 in

आईपिएलको उद्घाटन गुजरातले चेन्नईलाई हरायाे

SHARE:

१६औं संस्करणको आईपिएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन गुजराज टाइन्टस विजयी भएको छ। शुक्रबार अहमदावादमा भएको खेलमा गुराजतले चेन्नई सुपरकिंग्समाथि ५ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै दिएको १७९ रनको लक्ष्य गुजरातले १९.२ ओभरमा ५ विकोटको क्षतिमा भेट्टायो। उसका लागि शुभमन गिलले अर्धशतकीय योगदान दिए। उनले ३६ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए।

यस्तै, विजय शंकरले २७, ऋद्धिमन शाहले २५, साइ सुदर्शनले २२ रन बनाउँदा राहुल तेवातियाले १५ र रसिद खानले १० रनको योगदान दिए। फिल्डिङका क्रममा घाइते भएपछि  केनल विलियम्सनको स्थानमा सुदर्शनले ब्याटिङ गरेका थिए।

चेन्नईका रजवद्र्धन हांगरगेकरले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३६ रन खर्चिए। उनको आईपिएलको डेब्यू खेल हो। यस्तै, तुसार देशपाण्डे र रविन्द्र जडेजाले समान १ विकेट लिए।

यता, पहिला ब्याटिङ गरेको चेन्नईले रुतुराज गायकवाडको उत्कृष्ट ब्याटिङ मद्दतमा ७ विकेटको क्षतिमा १७८ रन बनायो। विस्फोटक ब्याटिङ गरेका गायकवाडले ५० बलमा ४ चौका र ९ छक्का प्रहार गर्दै ९२ रन बनाए।

यस्तै, मोइन अलीले २३, शिभम दुवेले १९ रनको योगदान दिए। गुजरातका अल्जारी जोशेपले ३ तथा रसिद खान र मोहम्मद सामीले समान २ विकेट लिए।

SHARE: