राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा विजयी सुरुआत गरेको छ। आइतबार भएको खेलमा राजस्थानले सनराइज हैदरावादलाई ७२ रनले पराजित गरेको हो।
राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट स्टेडियम हैदराबादमा भएको खेलमा राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन मात्र बनायो ।
हैदराबादका लागि अब्दुल समादले सर्वाधिक अविजित ३२ रन बनाए । मंयक अग्रवालले २७ रन बनाउँदा उमरान मल्लिकले अविजित १९ र आदिल रशिदले १८ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चहलले ४ तथा ट्रेन्ट बोल्डले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
राजस्थानका लागि सन्जु सामसन, यसस्वी जैसवाल र जस बटलरले अर्धशतकीय इनिङ खेले । कप्तान सामसनले ३२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५५ रन बनाए ।
जैसवालले ३७ बलमा ५४ रन बनाउँदा बटलरले २२ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए। शिमरन हिटमायरले १६ बलमा अविजित २२ रन बनाए ।
पहिलो जितसँगै राजस्थान २ अंकका साथ शीर्ष स्थानमा रहेको छ । हार सँगै हैदराबाद अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ ।