°
, June 4, 2023 in

आईपिएलमा पञ्जाब र बैंग्लोरको जित

SHARE:

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएका छन्। शनिबार भएको पहिलो खेलमा बैंग्लोरले दिल्ली क्यापिटल्समाथि २३ रनको जित निकाल्दा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै लखनउले दिएको १६० रनको पञ्जाबले १९.३ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। पञ्जाबको जितमा जिम्बाबेका अलराउन्डर सिकन्दर राजाले उत्कृष्ट प्रदर्शन गरे। उनले ३१ बलमा ४ चौका र ३ छक्का मद्दतमा ५७ रन बनाए। यस्तै, माथ्यु सर्टले ३४ रन बनाँदा शाहरुख खान २३ रनमा नआउट रहेन।

लखनउका मार्क उड, रवि बिस्नाई र युधभिर सिंहले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनायो । उसका लागि कप्तान केएल राहुलले ५६ बलमा ८ चौका र १ छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाए ।

यस्तै, कायल मेयर्सले २९ रन बनाउँदा क्रुनाल पाण्ड्याले १८ र मार्कस स्टोइनिसले १२ रनको योगदान दिए। पञ्जाबका साम करनले ३ तथा कागिसो राबडाले २ विकेट लिए।

यता, अर्को खेलमा बैंग्लोसले दिएको १७५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । उसका लागि मनिष पाण्डेले अर्धशतक बनाए। त्यसअघि पहलिा ब्याटिङ गरेको बैंग्लोर विराट कोहलीको अर्धशतक मद्दमा ६ विकेटको क्षतिमा १७४ रन बनायो।

तेस्रो जितपछि ५ खेलमा ६ अंक जोडेको पञ्जाब चौथो स्थानमा उक्लेको छ भने ६ अंक नै जोडेको लखनय दोस्रो स्थानमा छ। ४ अंक जोडेको बैंग्लोर सातौं स्थानमा रहँदा जितबिहीन दिल्ली पुछारमा छ।

SHARE: