सहवाज अहमद चम्किँदा बैंग्लोर लगातार दोस्रो जित

Read Time:2 Minute

स्पिनर सहवाज अहमद चम्किएपछि इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा चेन्नईमा भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले हरायो।

पहिलो खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई २ विकेटले हराएको थियो । हैदरावादको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा उ कोलकाता नाइटराइडर्ससँग १० रनले पराजित भएको थियो।

लो स्कोरिङ म्याचमा १५० रनको मध्यम लक्ष्य पछ्याएको पछिल्ला ६ विकेट २७ रन बनाउँदै गुमाएपछि हैदरावाद २० ओभरमा ९ विकेट गुमाउँदै १४२रन मात्र बनाउन सक्यो।

हैदरावादका कप्तान डेविड वार्नरले ५४ र मनिष पाण्डेले ३८ रन बनाउनु बाहेकले अन्यले गतिलो योगदान दिन सकेनन्। वार्नरले ३७ बलमा ७ चौका र १ छक्का प्रहार गरे भने पाण्डेले ३९ बलमा समान २ चौका र छक्का प्रहार गरे । यी दुईले तेस्रो विकेटका लागि ८३ रनको सझोदारी गरेका थिए।

सहवाज अहमदले १७औं ओभरमा जोनी बेइस्टो, मनिष पाण्डे र अब्दुल समदको विकेट लिँदै बैंग्लोरलाई जित दिलाए । उनले २ ओभरमा ७ रन मात्र खर्चिए । यस्तै हर्षल पटेल र मोहम्मद सिराजले समान २ विकेट लिए।

ग्लेन म्याक्सवेलले ५ वर्षपछि आईपिएलमा शतक प्रहार गरेपछि यसअघि पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो । म्याक्सवेलले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए।

यस्तै, कप्तान विराट कोहलीले २९ बलमा ३३, सहवाज अहमदले १४ र कायल जेमिन्सनले १२ रनको योगदान दिए। हैदरावादका जानस होल्डरले ३ तथा रसिद खानले २ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तेस्रो टि–२०मा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो
Next post बेंग्लुरुसँग आर्मीको लज्जास्पद हार
Close