आगामी सिजनबाट इन्डियन प्रिमियर लिग (आईपीएल)मा १० टिम हुने भएका छन् । आईपिएलले १५औं सिजनका लागि दुई नयाँ टिम अहमदावाद र लखनउ थपेको छ।
सोमबार दुबइृमा भएको लिवामीबाट लखनउ र अहमदावाद आईपिएलको नयाँ टिमका रुपमा थपिएका हुन्। सोमबार भएको लिवामीबाट लखनउलाई सञ्जीव गोयन्काको कम्पनी आरपीएसजीले किन्यो भने अहमदावाद ईसीवीसी क्यापिटलले खरिद गरेको छ।
सञ्जीवको कम्पनी आरपीजीएसले लखनउ ७ हजार करोड रुपैयाँको बोली लगाएको थियो। यस्तै अहमदावादका लागि एक अन्तर्राष्ट्रिय लगानी फर्म सीभीसी क्यापिटलले ५ हजार २ सय करोड रुपैयाँको लागि बोली लगाएर दोस्रो टोलीको अधिकार प्राप्त गरेको छ।
नयाँ टोलीलाई मेगा अक्सनमा बाहिरबाट दुई जना खेलाडी खरिद गर्ने अधिकार दिने व्यवस्था बीसीसीआईले गरेको छ। अर्को वर्ष आईपीएलका लागि मेगा अक्सन पनि अब हुने बीसीसीआईले जनाएको छ।