°
, May 29, 2023 in

आईपिएलका सर्वाधिक महँगा खेलाडी बने साम करन, मुम्बईले लगायाे ग्रीनमाथि १७.५ करोडकाे बाेली

SHARE:

इंग्लिस अलराउन्डर साम करन इन्डियन प्रिमियर लिग (आईपिएल)का सर्वाधिक महँगा खेलाडी बनेका छन्। सन् २०२३को आईपिएलका लागि शुक्रबार भएको अक्सनमा करनलाई पञ्जाब किंग्सले १८)५ करोड भारु खर्चियो।

यसअघि यो रेकर्ड दक्षिण अफ्रिकन अलराउन्डर क्रिस मोरिसको नाममा थियो । सन् २०२१ मा उनलाई राजस्थान रोयल्सले १६.२५ करोडमा किनेको थियो।

गत महिना अस्ट्रेलियामा भएको टि–२० विश्वकपमा सानदार प्रदर्शन गरेपछि करनमाथि आईपिएलमा महागो बोली लागेको हो। टि–२० क्रिकेटमा उनले १४५ म्याच खेल्दै १७४३ रन र १४९ विकेट लिएका छन्।

यसअघि उनले आईपिएल चेन्नई सुपर किंग्स र पञ्जाब किंगसका लागि खेलेका छन्।

यस्तै, शुक्रबार भएको अक्सनमा अस्ट्रेलियन ब्याट्सम्यान क्यामरुन ग्रीनका लागि मुम्बई इन्डियन्सले १७.५ करोड रुपैयाँ खर्चियो ।

चेन्नई सुपर किंग्सले इंग्लिस अलराउन्डर बेन स्टोक्सलाई भित्र्याउन १६.२५ करोड खर्चियो भने वेस्टइन्डिजका ब्याट्सम्यान निकोलस पुरनका लागि लखनउ सुपर जायन्ट्सले १६ करोड रुपैयाँ खर्चियो।

यस्तै, सनराइजर्स हैदरावादले मायंक अग्रवाललाई ८.२५ करोड रुपैयाँमा भित्र्याउँदा ह्यारी ब्रुक्सका लागि उसले १३.२५ करोड खर्चियो।

SHARE: