इन्डियन प्रियिमर लिग (आईपिएल)को १६औं संस्करण अघि मेघा अक्सन हुने भएको छ। आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले २ टिम थपेसँगै आईपिएलका मेघा अक्सन हुने भएको हो ।
मेघा अक्सनअघि टिमले केही खेलाडी छान्न पाउने भएका छन्। जसमा पुराना टिमले ४ खेलाडी रिटेन गर्न पाउने छन् भने थपिएका २ नयाँ टिमले ३ खेलाडी छान्न पाउने छन्। रिटेन हुने नहुने अधिकार खेलाडीमा हुनेछ । खेलाडीले नचाहेमा टिमले उसलाई रिटेन गर्न पाउने छैन।
पुराना ८ टिमले बढी ४ मध्ये बढीमा ३ स्वदेशी खेलाडी अथावा २ स्वदेशी र २ विदेशी खेलाडी राख्न पाउने छन्। यसैगरी थपिएका दुई नयाँ टिम लखनउ र अहमदाबादले भने २ स्वदेशी र १ विदेशी खेलाडी राख्न पाउने छन्।
यो पटक अक्सनमा राइट टु म्याचको व्यवस्था भने हुने छैन । यो अवस्थामा अक्सनमा आफ्नो टिमको खेलाडी अर्को टिमले किनेलमा सो टिमले आफ्ना एक खेलाडी फर्काउने पाउने थियो। यस्तै, एक टिमले अक्सनमा ९५ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउने छन्।