°
, May 29, 2023 in

कतारमा इरान र अमेरिकाको युद्ध, कसले जित्ला ?

SHARE:

कतार जारी विश्वकपमा आजबाट समूहका अन्तिम चरणका खेल सुरु हुँदै छ। आज समूह ए र समूहका बीचका कुल चार खेल हुँदै छन्।

जसमध्ये समूह बीको इरान र अमेरिका बीचको खेल निकै प्रतिक्षित खेल हो । राजनीतिक रुपमा एक–अर्काका दुस्मन जस्तै रहेका यही दुई टिम सन् १०९८ पछि विश्वकप मैदानमा पहिलो पटक भिड्दै छन्। त्यतिबेला इरान २–१ले विजयी भएको थियो।

मैदानी युद्धमा यो खेल दुवैका लागि उत्तिकै महत्वपूर्ण छ। अझ अमेरिका लागि इरानविरुद्ध जित चाहिएको छ। पराजय वा बराबरीले उ सिधै घर फर्कने छ। यता, इरानलाई भने अमेरिकाविरुद्धको बराबरीले पनि नकआउट चरण पु¥याउन सक्ने छ।

इरान र अमेरिकाबीचको बहुप्रतिष्ठित खेल अल थुमाम रंगशालामा राति १२ः४५ बजे हुनेछ।

इरान र अमेरिका रहेको यो समूहमा वेल्स र इंग्ल्यान्ड पनि छन् । पहिलो खेलमा इंग्ल्यान्डसँग ६–२ले पराजित भएको इरानले दोस्रो खेलमा वेल्समाथि २–०को जित निकालेको थियो । त्यसैले अमेरिकाविरुद्ध मैदान उत्रँदा इरान निकै उत्साहित हुने छ। यता, इंग्ल्यान्ड र वेल्सलाई बराबरीमा रोकेको अमेरिका पनि उत्साहित छ ।

यो खेलमा इरानका लागि मेहदी टेरेमी महत्वपूर्ण हुनेछन्। एफासी पोर्टोबाट व्यवसायिक फुटबल खेल्ने उनी यो सिजन निकै फर्ममा छन् । त्यो लय उलने विश्वकपमा पनि देखाएका छन्। यता, अमेरिकाका लागि क्रिस्टियन पुलुसिच, वेल्टर्न म्याकेनी, टेलर एडम्स महत्वपूर्ण छन्।

SHARE: