ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको आइएसएफ यू–१५ जिम्न्साइडमा तीन नेपालीहरुले निर्णायकको भूमिका निर्वाह गरेका छन्। उनीहरुमा बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन बोहोरा र राकेश कुमार राई छन्।
रियो डी जेनेरियोको ओलम्पिक पार्कमा भइरहेको प्रतियोगितामा ४४ देशका खेलाडीहरुले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्। धनकुमार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को मान्यता प्राप्त नेपालका एकमात्रसेकेन्ड स्टार अन्तर्राष्ट्रिय निर्णायक हुन्।
यसअघि उनले थाइल्याण्डको फुकेतमा सम्पन्न फुकेत अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप तथा थाइल्याण्डमै सम्पन्न एएसबीसी यु २२ बक्सिङ च्याम्पियनसिपमा निर्णायक बनेका थिए।
त्यसैगरी उज्वेकिस्तानको तासकन्दमा भएको रेफ्री जज सेमीनारमा पनि धन सहभागि भएका थिए। ब्राजिलको अनुभवले आफूलाई थ्री स्टार निर्णायक बन्न महत्वपूर्ण भूमिका खेल्ने र अन्य अवसरहरु पनि प्राप्त गर्न सक्ने धनकुमार बताउँछन्।
त्यसैगरी तेक्वान्दो रोशन र राकेशले तीन दिनसम्म सञ्चालन भएको तेक्वान्दो प्रतिस्पर्धामा निर्णायक बने।