°
, June 1, 2023 in
0

इशान्त शर्माले लिए तीन सयौं टेस्ट विकेट

SHARE:

भारतीय भेस्ट्रान फास्ट बलर इशान्त शर्माले टेस्ट क्रिकेटमा ३ सय विकेट पुराका गरेका छन् । इंग्ल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो पारीमा डेनियल लरेन्सको विकेठ लिँदै टेस्ट क्रिकेटमा ३ सय विकेट पुरा गरेका हुन् ।

टेस्ट क्रिकेटमा ३ सय विकेट लिने इशान्त तेस्रो भारतीय फास्ट बलर खेलाडी हुन् । यसअघि कपिल देव र जाहिर खानले यो उपलब्धी हाँसिल गरेका छन् । इशान्तले ९८ टेस्टमा ३ सय विकेट लिँदा कपिल देवले १३१ खेलमा ४३४ विकेट लिएका छन् भने जाहिर खानले ९२ खेलमा ३११ विकेट लिएका छन् ।

समग्रमा भने इशान्त टेस्टमा सर्वाधिक विकेट लिनेको भारतीय खेलाडीको सूचीमा छैठौं स्थानमा छन् । उनीभन्दाअघि अनिल कुम्बले (६१९), कपिल देव (४३४), हरभजन सिंह (४१७), रविचन्द्रन आश्विन (२८२) र जाहिर खान (३११) छन् । इशान्तले सन् २००७मा बंगलादेशविरुद्ध खेल्दै टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *