युरोकप छनोटमा गत संस्करणका फाइनलिस्ट इटाली र इंग्ल्यान्ड विजयी भएका छन्। आइतबार राति भएको खेलमा इटालीले माल्टामाथि २–०को जित निकाल्दा इंग्ल्यान्डले युक्रेनलाई पनि २–०ले नै हरायो।
छनोटमा पहिलो जित निकाल्ने क्रममा इटालीका माटियो रेटेगुई र माटियो पेसिनाले गोल गरे। इटालीले दुवै गोल पहिलो हाफमा गरेको थियो।
१५औं मिनेटमा रेटेगुईले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाए। २७ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।
वेम्बलीमा युक्रेनलाई हराउने क्रममा इंग्ल्यान्डका ह्यारी केन र बुकायो साकाले गोल गरे। उसले पनि दुवै गोल पहिलो हाफमा गरेको थियो।
३७औं मिनेटमा केनको गोलमा इंग्ल्यान्डलाई सुरुआती अग्रता लियो। त्यसपछि ४०औं मिनेटमा साकाले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए। त्यसपछि गोल नहुँदा इंग्ल्यान्ड विजयी भयो ।
लागतार दोस्रो जित निकालेको इंग्ल्यान्ड समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यता, पहिलो जित निकालेको इटाली ३ अंकसहित दोस्रो स्थानमा छ। ३ अंक नै जोडेको नर्थ म्यासेडोनियो तेस्रो स्थानमा छ भने युक्रेन र माल्टा अंकबिहीन छन्।