इटालीको सहज जित

Read Time:1 Minute

यूईएफए नेसन्स लिगमा इटालीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा इटालीले १० खेलाडीमा सीमित पोल्याण्डलाई २–० ले पराजित गरेको छ ।

इटालीको जितमा जोर्जिन्हो र डोमिनिको बेरार्डीले एक एक गोल गरे । घरेलु मैदानमा जोर्जिन्होले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

७७औं मिनेटमा गोराल्स्कीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा पोल्यान्ड १० खेलाडीमा समेटिएको । त्यसपछि खेलको ८४ औं मिनेटमा डोमिनिकोले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।

जितसँगै लिग ’ए’ समूह १को इटालीले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ । समूहको शीर्ष स्थानमा रहेको इटालीले ५ खेलमा ९ अंक जोडेको छ । ७ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एण्ड हर्जगोबिनालाई ३–१ ले हराएको छ । नेदरल्यान्ड्सको जितमा जर्जिनियो विज्नाल्डमले दुई गोल गरे । मेम्फिस डिपेको नाममा एक गोल रह्यो ।

बोस्नियाका स्माइल प्रिभीएलजाकले एक गोल फर्काए। जितसँगै ८ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो र बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

One thought on “इटालीको सहज जित

  1. I love reading personal blogs, Mommy blogs, etc. . . What is the best way to find these types of blogs online? The best method I have is just following favorites people have – going to one bloggers “favorites” then the next bloggers favorites, and so forth.. . I’ve tried Google Blogsearch but all that gives me is old news articles, etc. Nothing personal at all.. . How do you search for personal blogs?.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बेल्जियमले इंग्ल्यान्डलाई हरायो
Next post नेपाललाई बंगलादेशसँग बदला लिने अवसर
Close