°
, June 7, 2023 in
0

नेसन्स लिगको पहिलो खेलमा रोकियो इटाली

SHARE:

इटाली युइृएफ नेसन्स लिगको पहिलो खेलमा बोस्निया एण्ड हजगोभिनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदनमा शुक्रबार राति भएको खेलमा इटालीले बोस्नियासँग १–१ गोलको बरारबी खेलेको हो ।

खेलमा बोस्नियाका कप्तान इडेन जेकोले गोल गर्दा इटलीका स्टेफानो सेन्सीले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बरारबीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५७औं मिनेटमा इडेन डेजोकले गोल गर्दैृ बोस्नियालाई सुरुवाती अग्रता दिलाए । ६७औं मिनेटमा इटालीले बराबरी गोल फर्कायो । लोरन्जो इन्सिग्नेको पासमा सेन्सीले गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा खेल बराबरीमा सकियो ।

खेलमा दुवै टिमका गोल सुन्दर अवसर बनाए पनि त्यसलाई पोस्टको दिसा दिन सकेनन् । खेलमा इटालीले ६२ प्रतिशत बल पोजेसन बनाएको थियो। उसले बोस्नियाको पोस्टमा २० सट प्रहार गर्दा ४ सट फ्रेममा थियो । यता, बोस्नियाले ९ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो ।

नेसन्स लिगको समूह ए को ४ मा पोल्यान्डलाई पारजित गरेको नदेरल्यान्ड शीर्ष स्थानमा छ । बोस्निया १ अंकका साथ दोस्रो स्थानमा छ भने इटली र पोल्यानड अंकबिहीन छन् । अब इटाली र नेदरल्यान्ड तथा पोल्यानड र बोस्निया भिड्ने छन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *