°
, May 29, 2023 in

इटहरी गोल्डकपको उपाधि सगरमाथालाई, चर्च बोइज उपविजेतामै सीमित

SHARE:

१३औं संस्करणको इटहरी गोल्डकपको उपाधि विराटचोकको सगरमाथा एफसीले जितेको छ। इहटरीमा शनिबार भएको फाइलनमा ए डिभिजन क्लब चर्च बोइजलाई टाइब्रेकरमा ६–५ले हराउँदै सगरमाथाले उपाधि रक्षा गरेको हो।

उपाधिसंगै सगरमाथाले नगद १० लाख रुपैया प्राप्त गरेको छ । उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त ग¥यो । उपाधी रक्षा गरेको सगरमाथाले प्रशिक्षकसहित पुरै टिम खुमलटार एफसीको मैदान उतारेको थियो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । सडन डेथमा चर्च बोइजका मनोज राईको प्रहार आकासिँदा सगरमाथाले उपाधि उचाल्यो ।

सगरमाथाका महेन्द्र कार्की, अविशेक लिम्बु, मेसुके ओलोमोउ, स्टेफेन बिनोङ, राजिव लोप्चन र विवेक बर्माले गोल गरे। चर्च बोइजका फ्रयाङकलिन कोइटे टाला, मिलन राई, रन्जित पाण्डे, बेम्पा र गोलरक्षक प्रिसोले गोल गरे ।

सगरमाथाका कप्तान महेन्द्र कार्की प्रतियोगिताका मा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सगरमाथाका देव लिम्बु, उत्कृष्ट डिफेन्डर विशाल बस्नेत, उत्कृष्ट फरवार्ड स्टेफेन र उत्कृष्ट प्रशिक्षक याम गुरुङ घोषित भए । उनीहरुले जनही २० हजार रुपैया प्राप्त गरे ।

उत्कृष्ट मिडफिल्डर चर्चका मौसम लिम्बु र उदियमान खेलाडी राष्ट्रिय जागृतिका अशिम राई घोषित भए।

SHARE: