म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रास्फोर्ड इंग्लिस टिमबाट बाहिरिएका छन् । अभ्यासका क्रममा घाइते भएपछि रास्फोर्डले युइएफए नेसन्स लिगका दुई खेल गुमाउने भएका हुन् ।
अघिल्लो साता प्रशिक्षक गेराथ साउथगेटले घोषणा गरेका २४ सदस्यीय टिममा रहेका स्ट्राइकर रास्फोर्ड अभ्यासका क्रममा घाइते भएका हुन् । प्रशिक्षक साउथगेटले उनको स्थानमा एस्टन भिल्लाका विंगर ज्याक ग्रलिसलाई टिममा बोलाएका छन् । एस्टन भिल्लाबाट यो सिजन उत्कृष्ट प्रदर्शन गरेका २४ वर्षीय ग्रेलिस पहिलो पटक टिममा परेका हुन् ।
यसैगरी रास्फोर्डसँगै मिडफिल्डर ह्यारी विंग्स पनि इंग्लिस टिमबाट बाहिरिएका छन् । यसअघि नै ह्यारी मग्वायर टिमबाट बाहिरि सकेका थिए । ग्रीक आइल्यान्ड झगडामा मुछिएका उनलाई अदालतले २१ महिना जेल सजया सुनाएपछि टिमबाट बाहिरिएका थिए ।
प्रशिक्षक गेराथ साउथगेटले वुल्भ्सका डिफेन्डर कोर्नर कोडी र आर्सनलका मिडफिल्डर एन्सले मेटल्यान्ड नाइल्स टिममा बोलाएका छन् ।
इंग्ल्यान्ड नेसन्स लिगको लिग एको समूह २मा छ । सो समूहमा इंग्ल्यान्ड, आयरल्यान्ड, डेनमार्क र बेल्जियम छन् । नेसन्स लिग अन्तर्गत इङ्ल्याण्डले सेप्टम्बर ५ मा आइसल्यान्ड र सेप्टेम्बर ८ मा डेनमार्कसँग खेल्नेछ ।

यस्तो छ इंग्लिस टिम
गोलकिपर : र्डन पिक्फर्ड, डिन हेन्डरसन र निक पोप ।
डिफेन्डर : ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, कोर्नर कोडी, केइरन ट्रिपियर, केल वालकर, एरिक डायर, जोइ गोमेज, माइकल केन र ट्रोएन मिंग्स ।
मिडफिल्डर : फिल फोडेन, मासोन माउन्ट, केल्भिन फिलिप्स, डिक्लेन राइस, जेम्स वार्ड, ज्याक ग्रेलिस र एन्सले मेटल्यान्ड नाइल्स ।
स्ट्राइकर : ह्यारी केन, जाडोन सान्चो, रहिम स्टर्लिङ, ड्यानी इंग्स, मासोन ग्रीनवुड र टमी अब्राहम ।