°
, June 4, 2023 in

अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट भारतले तेस्रो दिनमै जित्यो

SHARE:

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको पहिलो खेल भारतले तेस्रो दिनमै जितेको छ। नागरपुरमा भएको टेस्टमा तेस्रो दिन अस्ट्रेलिया दोस्रो इनिङमा ९१ रनमै अलआउट भएपछि भारतले खेल १ इनिङ र १३२ रनले जित्यो।

तेस्रो दिन नै भारतलाई ४ सय रनमा आउआउट गरेपछि दोस्रो इनिङ सुरु गरेको अस्ट्रेलियाका लागि स्टिभ स्मिथले नटआउट २५ रन बनाउँदा मार्नस लाबुसेनले १७ र डेविड वार्नर र एलेक्स क्यारीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

अस्ट्रेलियालाई सस्तैमा सोट्ने क्रममा भारतका रविचन्द्रन आविश्वनले घातक बलिङ गरे। उनले १२ ओभरमा ३ मेडनसहित ३७ रन खर्चेर ५ विकेट लए। यस्तै रविन्द्र जडेजा र मोहम्मद सामीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा १७७ रनमै अलआउट भएको थियो। उसका लागि मार्नस लाबुसेनले सर्वाधिक ४४ रन बनाउँदा स्टिभ स्मिथले ३७, एलेक्स क्यारीले २६ र पिटर हान्सकोम्बले ३१ रन बनाए।

अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा भारतका रविन्द्र जडेजाले ५ विकेट लिए भने रविचन्द्रन आविश्वनले ३ विकेट लिए।

भारतले पहिलो इनिङमा रोहित शर्माको शतक मद्दतमा ४ सय रहन बनायो । रोहितमा सर्वाधिक १२० रन बनाउँदा अक्षर पटेलले ८४ र जडेजाले ७० रन बनाए।

अस्ट्रेलियाका लागि डेब्यू खेलाडी टोड मुर्फीले ७ विकेट लिँदा पाट कमिन्सले २ विकेट लिए।

७ विकेट र ७० रन बनाएका रविन्द्र जडेजा प्लेअर अफ दी म्याच भए ।

SHARE: