°
, June 2, 2023 in
0

बार्बादोस पराजित हुँदा सन्दीपको टिम जमैका सेमिफाइनलमा

SHARE:

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावास क्यारेबियन प्रिमियर लिग (सिपिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान भएको खेलमा बार्बादोस ट्राइडेन्स गुयाना अमेजोन वारियर्ससँग ६ विकेटले पराजित भएपछि जमैका चौथो टिमका रुपमा सेमिफाइनल पुगेको हो ।

८ खेलमा ३ र १ बरारबीसहित ७ अंक जोडेको जमैका तालिकामा चौथो स्थानमा छन् । २ खेल खेल्न बाँकी रहेको अवस्थामा बार्बादोस र सेन्ट किड्स एण्ड नेविस प्याट्रिओट्सले बाँकी खेल जित्दा पनि जमैकालाई भेट्ने छैनन् । प्रतियोगिताबाट बाहिरिएका बार्बादोसको ४ र प्याट्रिओट्सको ३ अंक छ ।

योसँगै सिपिएलको समेमिफाइलन समिकरण पुरा भएको छ । जमैकासँगै ट्रिनबागो नाइट राइडर्स, गुयाना वारियर्स, सेन्ट लुसिया जुक्स सेमिफाइनल पुगेका छन् ।

ताकिलाका अपराजित रहेको ट्रिनबागो १६ अंकका साथ शीर्ष स्थानमा छ । १२ अंकका साथ गुयाना दोस्रो स्थानमा छ भने १० अंक जोडेको सेन्ट लुसिया जुक्स तेस्रो स्थानमा छ । ट्रिनबागो र जुक्सले २ खेल खेल्न बाँकी छ भने गुयानाले सबैखेल खेलिसकेको छ ।

बिहीबार राति नै भएको जमैकाको प्याट्रिओट्सविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । जमैकाले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङमा आएको प्याट्रिओट्सले ५.४ ओभरमा विनाक्षति ४६ बनाएको अवस्थामा खेल वर्षाले रद्द भएको थियो । खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडेका थिए ।

छैठौं खेलमा जमैकाले प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको थियो भने सातौं खेलमा उ ट्रिनबागोसँग १९ रनले पराजित भएको थियो । पहिलो खेलमा जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछिका दुई खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र गुयनासँग १४ रनले पराजित भएको थियो । चौथो खेलमा जमैकाले गुयानालाई ५ विकेटले पराजित गरेको थियो भने पाचौं खेलमा बार्बादोस ट्राइडेन्ससँग ३६ रनले पराजित भएको थियो ।

८ खेलमा सन्दीपको १० विकेट

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रियिमर लिग (सिपिएल)मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सन्दीपले ८ खेलमा १० विकेट लिएका छन् । सन्दीप सिपिएलको यो सिजन सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा छन् ।

सन्दीपले ७ खेलमा २८ ओभरमा बलिङ गर्दै १३६ रन खर्चिएका छन् । उनको इकोनोमी ४.८५ छ । ४ओभरमा ८ रन खर्चेर २ विकेट लिनु सन्दीपको उत्कृष्ट स्पेल हो ।

सिपिएलमा सन्दीपले पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १, दोश्रो खेलमा ट्रिनबागोविरुद्ध १, तेश्रो खेलमा गुयनाविरुद्ध २ विकेट लिएका थिए भने चौथो खेलमा गुयानासँगै १, पाँचौ खेलमा बार्बादोस ट्राइडेन्सविरुद्ध २ र छैठौं खेलमा सेन्ट किट्सविरुद्ध २ विकेट लिएका थिए ।

सिपिएलमा सन्दीपको तेस्रो सहभागीता हो । यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बादोस ट्राइडेन्सबाट खेलेका थिए । सन्दीपले दुई संस्करणमा गरी उनले कुल १५ विकेट लिएका छन् । सन्दीपले प्याट्रिओट्सबाट ५ खेलमा ७ विकेट लिएको थिए भने बार्बादोसबाट ६ खेलमा ८ विकेट लिएका थिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *