°
, June 4, 2023 in
0

जमैका ट्रिनबागोसँग १९ रनले पराजित, सन्दीपले लिए १ विकेट

SHARE:

ट्रिनिडाड एन्ड टोबागोमा जारी क्यारेबियन प्रियिमर लिगमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम जमैका तलावासले चौथो हारको सामाना गरेको छ । मंगलबार राति भएको खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित भयो ।

ब्रायन लारा क्रिकेट मैदनमा पहिला ब्याटिङ गर्दै ट्रिनबागोले दिएको १८५ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन मात्र बनाउन सक्यो । यो ट्रिनबागोको लागतार सातौं जित हो ।

विशाल लक्ष्य पछ्याउँदा सुरुवातमै विकेट झरेपछि जमैका दबाबमा परेको थियो । उसका चाड्विक वाल्टन गोल्डेन डकआउट भएका थिए । जमैकाका लागि आन्द्रे रसेलले सर्वाधिक नकआउट ५० रन बनाए भने ग्लेन फिलिप्सले ४१ रनको योगदान दिए ।

रसेलले २३ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे भने फिलिप्सले ३१ बलमा १ चौका र २ छक्का प्रहार गरे । यस्तै एनक्रुम बोनरले २६ र कार्लोस ब्रेथवेटले २१ रन बनाए । ट्रिनबागोका फवाद अमदले २ तथा अकेल होसेइन, खेरी पिर्रे, सुनिल नारिन र ड्वायन ब्राभोले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनायो । उसका लागि कोलिन मुन्रोले सर्वाधिक ६५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कप्तान केइरन पोलार्डले १६ बलमा ३३, सुनिल नारिनले ११ बलमा २९ र लिन्डेल सिमोन्सले २८ बलमा २५ रन बनाए । जमैकाका कार्लोस ब्रेथवेटले २ विकेट लिए भने सन्दीप र फिडेल इडवार्डले समान १ विकेट लिए ।

सन्दीप जमैकाका सबैभन्दा किफायति बलर बने । उनले ४ ओभरमा २० रन खर्चिएर १ विकेट लिए । योसँगै उनले प्रतियोगितामा विकेट संख्या १० पु¥याएका छन् ।

यो हारसागै जमैका ६ अंकका साथ चौथो स्थानमा झरेको छ । सेन्ट लुसिया जुक्ससँग समान अंक भएपनि रनरेटमा जमैका पछि छ । प्रतियोगितामा अपराजित रहेको ट्रिनबागो १४ अंकका साथ शीर्ष स्थानमा छ । १० अंक जोडेको सेन्ट लेसिया जुक्स दोस्रो स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *