३३ वर्ष पुरानो रेकर्ड तोड्दै जमैकन धाविका हेराले जितिन् स्वर्ण

महिला १ सय मिटर दौडमा ३३ वर्ष पुरा रेकर्ड तोड्दै जमैकन धाविक एलाइन थोम्पसन हेराले स्वर्ण पदक जितेकी छन्। जापानको टोक्योमा जारी ओलम्पिकमा महिला १ सय मिटर दौडमा हेराले दुरी १०.६० सेकेन्डमा पार गर्दै स्वर्णसँगै ३३ वर्ष पुराना रोकर्ड तोडिन्।

सन् १९८८ को ओलम्पिकमा अमेरिकन ग्रिफिथ जोएनरले १०.६२ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्। जोएनरको ओलम्पिक कीर्तिमान तोडिए पनि विश्वकीर्तिमान उनकै नाममा छ । १ मिटर महिला दौडमा जोएनरको नाममा १०.४९ सेकेन्डको कीर्तिमान छ। उनले यो कीर्तिमान सन् १९८८मै राखेकी थिइन्।

हेराको यो ओलम्पिकको महिला १ सय मिटरमा लगातार दोस्रो स्वर्ण हो । यसअघि उनले सन् २०१६को रियो ओलम्पिकमा पनि स्वर्ण जितेकी थिइन्।

यसैबीच महिला १ सय मिटर दौडमा जमैकाले क्लिन स्विप गरेको छ। हेराले स्वर्ण जित्दा सेली अन फ्रेसर प्रायसले रजत र सेरिका ज्याक्सनले कास्य जिते। सन् २००८ र २०१२ को स्वर्ण विजेता फ्रेसरले १०.७४ सेकेन्डमा दूरी पार गरिन् भने ज्याक्सनले १०.७६ सेकेन्डमा दुरी परा गरिन्।

Facebook Comments Box