°
, June 7, 2023 in
0

फुटबलर जानलाई मनास्लु कलेजको छात्रवृत्ति

SHARE:

नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चावहिल चुच्चेपाटीस्थित मनास्लु कलेजले म्यनेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।

मनानस्लुका चेयरम्यान गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल म्यानेजमेन्टसहित साइन्स, ह्युमिनिटी र लमा पढाईं हुने चेयरम्यान लामाले जनाएका छन् ।

चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता जनाए ।

जानले २०७६ को एसईई सातदोबाटोस्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । जानका पिता पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *