°
, June 2, 2023 in

वाल्टन र ललित चम्किँदा विराटनगरमाथि जनकपुरको जित

SHARE:

चाटविक वाल्टन र ललित राजवंशीको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपाल टि–२० लिगमा जनकपुर रोयल्सले लागतार दोस्रो जित निकालेको छ । आइतबार दिउँसो कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले विराटनगर सुपर किंगसमाथि ५ विकेटको जित निकाल्यो।

पहिलो खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि पनि ५ विकेटकै जित निकालेको थियो । यता, विरानटगरको भने यो लगातार दोस्रो हार हो। उ पहिलो खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित भएको थियो।

१४१ रनको मध्यम लक्ष्य पछ्याएको जकपुरलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । त्यसमा वेस्टइन्डिजका ब्याट्सम्यान वाल्टनले २ चौका र १ छक्का प्रहार गदैै टिमलाई जित दिलाए। नकआउट रहेका उनले ५५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए।

यस्तै, ट्रेभोन ग्रिफिथ २५ र सराफुद्दिन अश्रफले २३ रनको योगदान दिए। विराटनगरका रिजन ढकाल, नन्दन यादव र हुसेन टलटले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले एक बल बाँकी छँदा अलआउट हुँदै १४० रन मात्रै बनाउन सक्यो । उसका लागि सिकन्दर राजाले सर्वाधिक ३८ रन बनाउँदा रोहित पौडेलले ३२, टलटले २८ र अर्जुन साउदले १८ रन बनाए।

विराटनगरलाई रोक्ने क्रममा जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १ मेडनसहित ८ रन मात्र खर्चेर ५ विकेट लिए। यो जारी प्रतियोगितामा कुनै पनि खेलाडीले लिएको पहिलो ५ विकेट हो। यस्तै मोहम्मद अदिल आलम र केस्रिक विलियम्सले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सोमबार २ खेल हुनेछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार भिड्ने छन् भने दोस्रो खेल काठमाडौं नाइट्र जनकपुर रोयल्सबीच हुने छ।

SHARE: