°
, June 1, 2023 in

नेपाल टि–२० लिगमा जनकपुरको जित, पोखरा ५ विकेटले पराजित

SHARE:

नेपाल टि–२० लिगमा जनकपुर रोयल्सले विजयी सुरुआत गरेको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्समाथि ५ विकेटको जित निकालेको हो।

प्रतियाेगितामा पाेखराकाे याे लागातार दाेस्राे हार हाे भने जनकपुरकाे पहिलाे जित । पहिलाे खेलमा पाेखरा लुम्बिनी अल स्टारसाग ६७ रनले पराजित भएकाे थियाे।

पहिला ब्याटिङ गर्दै पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । उसका लागि सन्दीप जोराले सर्वाधिक ४० रन बनाए । उनले ३० बलमा २ चौका र ३ छक्का प्रहार गरेर।

यस्तै, सागर पुनले ३५ कलान ३८ रनको इनिङ खेले भने चाड्विक बाल्टनले १९ रनको योगदान दिए। पोखराका जाहिर खानले ३ तथा मौसम ढकाल र शरद भेषावकरले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको पोखराले आसिफ सेखको अर्धशतक मद्दतमा १९.४ ओभरमा अलआउट हुँदै १३८ रन बनायो । उसका लागि आसिफले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५० रन बनाए ।

यस्तै, सिद्धान्त लोहनीले १६ बलमा ४ छक्का प्रहार गर्दै २९ रन बनाउँदा प्रतिश जिसीले १८ बलमा ४ छक्का प्रहार गर्दै २८ रन बनाए। पोखरालाई सस्तैमा समेट्ने क्रममा वेस्टइन्डिजक बलर केस्रिक विलियम्सले ३ तथा पवन सर्राफ, सराफुद्दिन आश्रफ र ललित राजवंशीले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत सोमबार काठमाडौं नाइट्स र फार वेस्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटगर सुपर किंग्स भिड्ने छन्।

SHARE: