२ शदकपछि विश्वकप फुटबल एसियामा आयोजना भइरहेको छ। २ दशकअघि घरेलु भूमिमा आश्र्यचजक प्रदर्शन गर्दै सनसनी मच्चाएका जापन र दक्षिण कोरियाले अहिले कतारमा जारी विश्वकपमा पनि त्यही प्रदर्शनलाई निरन्तरता दिएका छन्।
ठूला देशहरु रहेको समूहमा रहेका जापान र दक्षिण कोरिया नकआउट पुग्ने सायदै कसैले सोचेका थिए होलान् । तर, उनीहरुले सनसनपूर्ण प्रदर्शन गर्दै सबैलाई चकित पारे र दुवै नकआउट पुगे।

पावरहाउस स्पेन र जर्मनी रहेको समूहबाट जापान शीर्ष स्थानमा पुगेको हो। उसले यी दुवै पावरहाउसलाई हारको स्वाद चखायो । जापानसँगको हारले ४ पटकको च्याम्पियन जर्मनी त समूह चरणमै रोकियो।
यता, कोरियाको प्रदर्शन पनि त्यस्तै रह्यो। पहिलो खेलमा दुई पटकको च्याम्पियन उरुग्वेलाई बराबरीमा रोकेको उसले अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई हराउँदै सनसनी मच्चायो, र उपविजेताका रुपमा अन्तिम १६मा स्थान बनायो।

यस्तै, सनसनीपूर्ण र चामत्कारिक प्रदर्शको अपेक्षासहित आज यी दुई टिमले अन्तिम १६मा प्रतिस्पर्धा गर्दै छन्। र, अधिकांश एसियन दर्शकले पनि उनीहरुका त्यस्तै चामत्कारिक प्रदर्शनको अपेक्षा गरेका छन्।
आज राति हुने खेलमा जापानले अघिल्लो पटकको फाइनलिस्ट क्रोएसियासँग खेल्दै छ भने दक्षिण कोरियालले विश्वकप उपाधिको सबैभन्दा ठूलो दाबेदार ब्राजिलको सामाना गर्ने छ।
जापान र क्रोएसियाबीचको खेल अल जानोव स्टेडियममा आज राति ८ः४५ बजे हुने छ भने दक्षिण कोरिया र ब्राजिलबीचको खेल राति १२ः४५ बजे स्टेडियम ९७४मा हुने छ।