जापानले जित्यो इतिहासकै सर्वाधिक स्वर्ण

घरेलु मैदानका फाइदा उठाउँदै जापानले ओलम्पिकमा सर्वाधिक स्वर्ण जितेको छ। टोक्योमा जारी ओलम्पिकमा जापानले अहिलेसम्म १७ स्वर्ण जितेको छ, र यो उसले एकै ओलम्पिकमा जितेको सर्वाधिक स्वर्ण हो।

शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक इतिहासमै एकै संस्करणमा १७औं स्वर्ण जितेको हो । जापानले यसअघि सन् १९६४ मा आफैं आयोजक हुँदा २००४ को एथेन्स ओलम्पिकमा समान १६ स्वर्ण जितेको थियो ।

घरेलु भूमिमा भइरहेको ३२औं गृष्मकालिन ओलम्पिकमा जापानले अहिलेसम्म जुडोबाट ९ स्वर्ण जितिसकेको छ । यस्तै पौडीबाट युई ओहासीले एक्लै दुई स्वर्ण जितिन् ।

पहिलो पटक ओलम्पिकमा समावेश स्केटबोर्डिङमा जापानले दुई स्वर्ण जित्दा मोमीजी निसिया ओलम्पिकमा स्वर्ण जित्ने जापानको सबैभन्दा कान्छी खेलाडी बनिन् । यस्तै जापानले टेबल टेनिस मिक्स्ड डबल्स र पुरुष फेन्सिङमा पनि स्वर्ण जितेको छ ।

जारी ओलम्पिकमा जापानले अमेरिका र चीनलाई पनि पदक तालिकामा टक्कर दिइरहेको छ । पदक तालिकामा जापान दोस्रो स्थानमा छ भने २० स्वर्ण जितेको चीन शीर्ष स्थानमा छ।

जापानले एथेन्समा १६ स्वर्ण जित्दा २८ खेलको ३०१ इभेन्ट समावेश थियो । यसपटक ३३ खेलको ३३९ इभेन्ट समावेश छ ।

Facebook Comments Box