कतार विश्वकपको अन्तिम १६मा क्रोएसियाविरुद्ध जापानले सुरुआति अग्रता लिएको छ । जापानले पहिलो हाफको ४४औं मिनेटमा अग्रता लिएको हो।
सुरुआतदेखि नै क्रोएसियालाई दबाबमा राखेको जापानका लागि डाइजन माइडाले गोल गरे । उनले योसिडाको पासमा गोल गरेका थिए।
जारी प्रतियोगितामा जापानले पहिलो पटक खेलको पहिलो गोल गरेको हो।
माइडाकाे गाेलसँगै पहिलाे हाफ सकिएकाे छ। खेलमा क्राेएसियाले गाेलका केही अवसर सिर्जना गरेकाे थियाे।