जावलाखेलको लागतार दोस्रो जित, एनआरटी २–१ले पराजित

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लागतार दोस्रो जित निकालेको छ। बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले एनआरटीलाई २–१ले हरायो।

जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक गोल गरे । एनआरटीका सन्जिव विष्टले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । ७७ औं मिनेटमा फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए।

८० औं मिनेटमा सन्जिवले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे। तर, त्यसपछि गोल नहुँदा जावलाखेल विजयी भयो।

जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ । उसले पहिलो खेलमा लिग च्याम्पियन मछिन्द्रलाई हराएको थियो। एनआरटीको यो लगातार दोस्रो हार हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डिफेन्डिङ च्याम्पियन मछिन्द्रको लागतार दोस्रो हार, आर्मीको जित
Next post टेबलटेनिसमा एलेक्सले जिते स्वर्ण
Close