शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले अंकको खाता खोलेको छ। सोमबार भएको खेलमा ब्रिगेड बोइज क्लबलाई गोलरहित बराबरीमा रोक्दै जावालाखेलले अंक जोडेको हो।
यसअघि लगातार तीन खेल हारेको जावलाखेलले पहिलो बराबरीपछि १ अंक जोडेको छ। लिग खेलिरहेको १४ क्लबमध्ये जावलाखेल यस सिजन गोल नगर्ने एक्लो क्लब हो। ब्रिगेड बोइजको भने यो दोस्रो बराबरी हो। चार खेलपछि ब्रिगेडले ५ अंक जोडेको छ।
त्रिपुरेश्वरस्थपत दशरथ रंगशालामा जावलाखेलले लगातार गोलका लागि आक्रमण गरेपनि फिनिसिङमा सफल हुन सकेन ।