प्रियिमर लिग क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्ड अर्को प्रियिमर लिग क्लब वेस्टह्यामा आबद्ध भएका छन् । विन्टर ट्रान्सर विन्डो सकिनै लाग्दा लिंगार्ड लोनमा वेस्टह्याम गएका हुन् ।
यो सिजन युनाइटेडबाट अवसर नपएका लिंगार्ड सिजनको अन्त्यसम्म वेस्टह्याममा रहेन छन् । इंग्ल्यान्डका मिडफिल्डर लिंगार्डले यस सिजन मात्र ३ लिग खेल खेलेका थिए ।
वेस्टह्यामा आबद्ध भएपछि २८ वर्षीय लिंगार्डले जीवनको नयाँ अध्याय सुरु भएको बताए । उनले भनेका छन्, ‘म निकै उत्साहित छु । यो मेरो जीवनको अर्को अध्याय हो ।’

लिंगार्डले युनाईटेडका लागि कुल २ सय १० खेलमा ३३ गोल गरेका छन् । उनले वेस्टह्याममा ११ नम्बरको जर्सी लगाउने छन् ।