नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसीलाई कोरोना संक्रमण देखिएको छ । पेटमा समस्या देखिएपछि अस्पताल लगिएको र उपचारअघि गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
जितबहादुरका छोरा योगेन्द्रले दिसामा रगत देखिएपछि उपचारका लागि वयोधा अस्पताल लगिएको र अस्पताल पिसिआर परीक्षण गराउनु पर्छ भनेपछि स्टार अस्पलतामा पिसिआर परीक्षण गरिएको बताए । उनले सोमबार साँझ टेकु अस्पतालबाट फोन गरेर बुबालाई कोरोना संक्रमण भएको जानकारी दिएको बताए ।
जितबहादुर अहिले घरमै आइसोलेसनमा बसेका छन् । कोरोनाको लक्षण नदेखिएको बताइएके छ । दिशासमा रगत देखिएकाले सोको औषधि भने दिइरहेको योगेन्द्रले बताए ।
७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जित्दै नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले त्यसअघि नै १९७२ मा ओलम्पिकमा पनि सहभागिता जनाएका थिए ।