ए डिभिजन लिग खेल्न अस्ट्रेलियाबाट फर्किए रेजिन सुब्बा

Read Time:1 Minute

ए डिभिजन लिग नजिकिँदै गर्दा स्टार खेलाडीहरुको पलायन बढिरहेको छ। दुई साता यतामात्र आधादर्जन बढी स्टार खेलाडी विदेशिएका छन्।

राष्ट्रिय टिमका खेलाडीहरू तेज तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रञ्जन विष्ट, नितिन थापा र मानबहादुर तमाङ अस्ट्रेलिया पुगेका छन्। अन्य केही खेलाडी पनि विदेशियने तयारीमा रहेको बताइएको छ।

खेलाडी विदेशी रहँदा १३औं साफमा नेपाललाई स्वर्ण दिलाउन मुख्य भूमिका खेलेका स्ट्राइकर रेजिन सुब्बा भने ए डिभिजन लिग खेल्नैका लागि अस्ट्रेलियाबाट फर्किएका छन्।

नयाँ सिजनको ए डिभिजन लिगका लागि रेजित नयाँ क्लब एफसी खुमलटारमा आबद्ध भएका छन्। उनले प्रशिक्षण पनि थालिसकेका छन्।

अघिल्लो दुई संस्करण रेजिनले लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेलको थिए।

Happy
Happy
68 %
Sad
Sad
3 %
Excited
Excited
11 %
Sleepy
Sleepy
1 %
Angry
Angry
6 %
Surprise
Surprise
11 %
Previous post मिलानका डिफेन्डर स्क्रिनियर पिएसजी आउने
Next post रोनाल्डो पुनः युराेप फर्कने अल नासरका प्रशिक्षककाे दाबी
Close